काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठकले मन्त्री छान्ने र सरकारबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले संघीय समाजवादी फोरम र राजपासँग समेत छलफल गरेर मन्त्रिपरिषद विस्तार गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको एमाले उप-महासचिव घनश्याम भुसालले बताए।
पार्टी कमिटीको सल्लाह अनुसार अध्यक्षले मन्त्री छान्ने छान्ने भुसालले बताए। सबै क्षेत्र मिलाएर मन्त्री छान्ने जिम्मा दिइएको उनले बताए।
नेकपा माओवादी केन्द्र र एमालेले सरकारमा सहकार्य गरेका छन्। तर मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन। एमाले र माओवादी दुबैले मन्त्रिमण्डलमा पठाउने नाम सिफारिस गर्न सकेका छैनन्। यस बिहीबार बसेको माओवादी सचिवालय बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो।
प्रकाशित: ११ फाल्गुन २०७४ ०७:५० शुक्रबार