२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

रास्वपा र राप्रपा भन्छन्ः संक्रमणकालीन न्याय सहमतिबाटै अघि बढाऔँ

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिबाट टुंग्याउने ठाउँमा पुगिसकेको बताएका छन्।

बिहीवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राजनीतिक दलहरु सहमितको धेरै नजिक पुगिसकेको र केही विषयमा अझै छलफल गरी टुंग्याउनुपर्ने आवश्यकता रहेको बताए। उनले अफ्ठ्यारा महशुस गरिएको ठाउँमा उदारता देखाएर भएपनि विधेयक टुंग्याउनुपर्ने बताए।

उनले भने, ‘हामी धेरै नै नजिक भइसकेका छौँ। यो टुंग्याउने ठाउँमा पुगिसकेका छौँ। बाँकी जो छन् यसमा पनि छलफल गरेर एक ठाउँमा लैजान सकिन्छ। जतिपति अफ्ठ्यारा महशुस गरिएको छ, यसमा हाम्रो अलिकित व्यवहार, अनुभवबाट पन िहेर्नुपर्छ। यसमा संक्रमण कालीन न्यायको परिधिभित्र बसेर छलफल गर्नुपर्छ। संक्रमणकालीन न्याय जिम्मेवारी बोध र उदारतापना बिना सम्भव भएको छैन। सिमितता हुनु भएन।’

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले सहमतिबाटै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंगो लगाउनुपर्ने बताए। उनले विधेयकलाई पार्टीगत रुपमा मात्रै लिएर बुझ्नु नहुने बताए।

उनले भने, ‘सहमतिबाट टुंगो लगाऔँ। प्रक्रियाबाट अघि बढाउने काम सकभर नगरौँ। किनभने हामीभित्र यतिमा पनि एउटा सहमति बन्न सकेन। यसलाई पार्टीगत रुपमा मात्रै लिएर बुझ्नु हुँदैन। किनभने पार्टीका सिद्धान्तहरु फरकफरक हुन्छन्। त्यस भन्दा माथि उठेर गर्नुपर्छ। अझै पनि दुई महिना थपौँ। टुंग्याऔँ।’

प्रकाशित: २६ पुस २०८० ०७:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App