काठमाडौँ – प्रधानमन्त्रीमा दाबी पेश गर्न एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति निवास महाराजगञ्ज पुगेका छन्।
वाम गठबन्धनका नेताहरूले विहीबार विहान ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ सरकारका लागि दाबी पेश गरेका हुन्।
अध्यक्ष ओली माओवादी नेताहरूसँगै शितलनिवास पुगेका हुन् । वाम गठबन्धनले नयाँ सरकार ओलीको नेतृत्वमा बनाउने निर्णय गरिसकेकाे छ।
प्रकाशित: ३ फाल्गुन २०७४ ०५:१३ बिहीबार