१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

देशको मूल्य मान्यतालाई ध्यानमा राखी पर्यटन प्रवर्द्धनको काम गर्नुपर्छः ढकाल

सांसद एकनाथ ढकालले पर्यटनको पवर्द्धन गर्दा देशको मूल्य मान्यतामा प्रतिकुल असर पार्न नहुने बताएका छन्।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आज सिंहदरबारमा बसेको बैठकमा बोल्दै सांसद ढकालले नेपाल पर्यटन बोर्डको मुख्य काम नेपाल सरकार र निजि क्षेत्रको समन्वयनमा देश भित्र र बाहिर पर्यटनको प्रबद्धन गर्ने हो भन्दै पर्यटन “ट्रयाक टू डिप्लोमेसी“ भएको धारणा राखे।

उनले विदेशमा नेपालको पर्यटनको प्रवर्द्धन गर्दा देशको प्रतिष्ठाको पनि अभिवृद्धि हुनु पर्ने बताए।

सांसद ढकालले सन् २०२३ मा लक्ष अनुसारको संख्यामा पर्यटक नेपाल ल्याउन सफल देखीए पनि प्राथमिकता निर्धारणमा  भने कमजोरी रहेको औलाए।

सन् २०२३ मा नेपाल आएका दश लाख भन्दा बढी पर्यटक मध्य आठ प्रतिशत मुस्ताङ जिल्ला पुग्दा पनि मात्र सात प्रतिशतले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्नुले हाम्रो पर्यटन प्रबद्धनको प्राथमिकतामा कमजोरी रहेको उनको भनाइ छ।

उनले नेपालमा धार्मिक पर्यटकको बिस्तारको योजना बनाउदा बुद्धिस्ट र हिन्दु पर्यटकका आवस्यकतालाई प्राथमिकतामा राख्नु पर्ने बताए।

ढकालले पर्यटन बोर्डलाई प्रविधि मैत्री बनाउन सुझाव दिँदै  पर्यटन बोर्ड र विभागलाई मर्ज गर्ने, निजि कम्पनीको रुपमा संचालन गर्ने  भन्ने जस्ता बिषय चर्चामा आएकोमा बोर्डको धारणा माग गरे। 

प्रकाशित: २० पुस २०८० ०५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App