६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेश ६ मा वाम गठबन्धनका पाँच उम्मेदवार विजयी

सुर्खेत, २४ माघ । प्रदेश नं ६ मा आज भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका पाँच उम्मेदवार विजयी भएका छन्। 

जारी मतगणनामा अपाङ्ता÷अल्पसंख्यकबाट नेकपा (माओवादी केन्द्र) का जीवनबहादुर बुढा र दलितबाट पञ्चायतकालीन समयमा उपप्रधानपञ्च भइसक्नुभएका नरपति लुहार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्। 

बुढाले तीन हजार ७२० मत पाएको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिए। बुढाका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोपालप्रसाद शर्माले ९७८ मत प्राप्त गरेका थिए। त्यस्तै, लुहारले तीन हजार ६६६ मत ल्याएका थियो भने उनका प्रतिद्वन्द्वी काँग्रेसका मित्रलाल सार्कीले ९६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ। 

यसैगरी महिलातर्फ वाम गठबन्धनकै उम्मेदवार विजयी भएका छन्। एक हजार १६२ मतभार कोटा निर्धारण गरिएकामा वाम गठबन्धनका महिलातर्फका उम्मेदवार युटुल लामा, कविता बोगटी र नन्दा शर्माले निर्धारण गरेको मतभार कोटा क्रस गरेकाले विजय भएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए। 

विजेता महिलाहरुमा एमालेबाट शर्मा र बोगटी छन भने युटुल माओवादी केन्द्रकी हुन। बाँकी खुलातर्फको मतगणना शुरु गरिएको बताउँदै उनले यसको नतिजा राति १२ बजेसम्म आउने जानकारी दिए। 

प्रकाशित: २४ माघ २०७४ १६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App