५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

एनसेलमा परिवारकाे नाम जोडिएको बारे प्रधानमन्त्री भन्छन्: गणतन्त्रमाथि हमला भो

प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल खरिद–बिक्री प्रकरणमा आफ्नो र परिवारको नाम जोडेर गणतन्त्रमाथि हमला गरिएको टिप्पणी गरेका छन्।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै दाहालले एनसेल खरिद–बिक्री प्रकरणमा आफ्नो र परिवारको नाम जोडेर गणतन्त्रमाथि हमला गरिएको टिप्पणी गरेका हुन्।

उनले भने, 'एनसेल खरिद–बिक्री मसँग जोडेर प्रचार भयो। गिरिजाबाबुले धमिजा काण्डजस्तै प्रचण्डले एनसेलमा ४८० गुणा बढी भ्रष्टाचार गरेको छ भनिएको छ। मेरो परिवारको सदस्यलाई जोडिएको छ। मेरो परिवार घटेर तीनजनामा छ। एउटा मेयर छ भरतपुरको। अर्को कस्ती छ थाहा छ। यो भनेको गणतन्त्रमाथि हमाला हो।'

प्रकाशित: ३ पुस २०८० ०९:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App