१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालले बुझेकै हुन् त समयको महत्त्व?

पछिल्लो प्रधानमन्त्री कालको एक वर्ष पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल सिंहदरबारस्थित कार्यालयको आफ्नो कार्यकक्षमा समयमै पुगेका छन्।

प्रधानमन्त्री दाहाल आजबाट १० बजेनै कार्यालय पुग्ने र नियमित काममा खटिने उनको सचिवालयले जनाएको छ।

जसअनुसार प्रधानमन्त्री दाहाल आज १० बजे बिहानै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा पुगेका हुन।

सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको गुनासो बढिरहेका बेला प्रधानमन्त्री दाहालले सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको कार्यक्रममा ‘अव नयाँ ढङ्गले अघि बढ्ने’ बताएका थिए।

सचिवालयका अनुसार प्रधानमन्त्री दाहालले सोमबार मुख्य सचिव र सचिवहरूलाई आफू मङ्गलवारदेखि १० बजे नै कार्यालय आउने जानकारी दिएका थिए। उनले अन्य कर्मचारीहरूलाई पनि समयमै कार्यालयमा उपस्थित हुन उर्दी जारी गरेका थिए।

प्रकाशित: ३ पुस २०८० ०५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App