१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपालमा खाली अँध्यारो र नकारात्मक कुरा गर्ने बानी बस्न थाल्योः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले एक थरी मान्छेले नकारात्मक भाष्य बनाएर गणतन्त्र, संघियता, समानुपातिकको विरोध गरिरहेको बताएका छन्।

उनले ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा भने, ‘ती मान्छेहरूले यो संविधान र परिवर्तनलाई निस्तेज पार्ने कसरत गरिरहेका बेला हामी परिवर्तनका वाहकले पनि यो ठिक छैन, त्यो ठीक छैन भनियो भने त्यो राम्रो हुदैन्।’

प्रधानमन्त्री दाहालले वर्तमान व्यवस्थाले दिएको अधिकार, विकास र उपलब्धिको सम्प्रेषण गरेनौ भने देश पछाडि फर्किने खतरा रहेको बताए। ‘हामीले प्राप्त गरेका अधिकार र उपलब्धि सम्प्रेषण गरेनौँ भने देश पछाडि फर्किने खतरा रहन्छ’, उनले भने।

प्रधानमन्त्री दाहालले भने, ‘नेपालमा जे कुरालाई पनि नेगेटिभ गर्ने बानी बस्न थाल्यो। खाली अँध्यारो, खाली नकारात्मक। यस्तो हो भने जनतालाई भरोसा दिने काम गर्न सक्दैनौ।’ उनले नकारात्मक भन्ने र गर्ने बानीले जनतामा गलत सन्देश सम्प्रेषण हुने बताए।  

प्रधानमन्त्री दाहालले स्थानीय तहका जनप्रतिनिधि, पदाधिकारीहरूलाई गणतन्त्र पछि प्राप्त उपलब्धि र अधिकारबाट भएका सकारात्मक पहल र प्रयासहरूबारे जनतालाई सकारात्मक सन्देश दिन किन कन्जुस्याइँ गरेको भन्दै प्रश्न गरेका थिए। सकारात्मक सन्देश प्रभाव गर्न आग्रह गरेका थिए।

प्रकाशित: २ पुस २०८० ०६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App