काठमाडौँ – निर्वाचन आयोग र प्रमुख पाँच दलबीचको बैठक निर्वाचन आयोग कान्तिपथमा जारी छ।
बैठकमा कानुनी अडचन, राष्ट्रियसभा निर्वाचन प्रक्रिया र व्यवस्थापनलगायतका विषयमा छलफल भैरहेको आयोगका सहप्रवक्ता मुकुन्द शर्माले बताए ।
माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको प्रक्रिया र व्यवस्थापनका विषयमा छलफल गर्न आयोगले प्रमुख पाँच दल एमाले, माओवादी, काँग्रेस, राजपा र संघीय समाजवादी फोरमका प्रमुखलाई बोलाएको हो।
प्रकाशित: २ माघ २०७४ ०९:३७ मंगलबार