२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक र प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ। उनी अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत हुन्।

भेटवार्तामा दुई मुलुकबिचको सम्बन्धलाई थप बलियो बनाउने र द्विपक्षीय सहकार्य थप बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।लाउबाचर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटारस्थित निवास पुगेकी थिइन्।

बुधवार काठमाडौं आएकी उनले  आएलगत्तै  परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीसँग भेटवार्ता गरेकी थिइन्।

प्रकाशित: २१ मंसिर २०८० ०३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App