१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रस्तावित न्यायाधीशविरुद्ध १० वटा उजुरी

सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीश विरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेको छ । तीन जना विरुद्ध भने एक वटा पनि उजुरी परेको छैन।

उजुरी नपर्नेहरूमा महेश शर्मा पौडेल, सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल छन्। सबै भन्दा बढी उजुरी पर्नेमा सारंगा सुवेदी छन् उनलाई पाँच वटा उजुरी परेको छ। न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश पदका लागि सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजित मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल विरुद्ध उजुरी आह्वान गरिएको थियो।

गत मंसिर ८ देखि सोमबारसम्ममा १० वटा उजुरी प्राप्त भएको समिति सचिवालयले जनाएको छ। उजुरीको समय सोमबार सकिएपछि उनीहरूको उजुरी खोल्नका लागि समितिको बैठक २१ गते बिहीबार बोलाइएको छ।

यसै गरी पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत सनील नेपाल विरुद्धमा पनि प्रस्तावित न्यायाधीश सँगै उजुरी आह्वान गरिएको थियो। उनी विरुद्ध पनि एक वटा उजुरी परेको छ।

प्रकाशित: १८ मंसिर २०८० ११:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App