६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

लुम्बिनी कांग्रेसको पहिलो प्रदेश सम्मेलन बुटवलमा सुरु

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवलमा सुरु भएको छ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दुई दिनसम्म चल्ने प्रदेश सम्मेलन पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे।

सम्मेलनमा सभापति देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य लगायतका नेताहरु र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन सहित ६ वटै प्रदेशका सभापतीहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

सम्मेलनमा प्रदेशका ७ सय ५० बढी प्रतिनिधिहरूको सहभागिता रहेको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए। 

प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष, प्रदेश पदाधिकारी, सदस्य सल्लाहकार र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्मेलनमा सहभागी हुनेछन्।

प्रथम प्रदेश सम्मेलनले देशभर नयाँ सन्देश प्रवाह गर्ने लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बताए। उद्घाटन सत्रमा नेताहरुले सम्बोधन गरेपछि बन्दसत्रमा राजनीतिक प्रतिवेदन, सांगठनीक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश हुनेछ। ती प्रतिवेदन माथि गम्भीर छलफल गरी पार्टीको आगामी कार्यदिशा तय गर्न सुझाव सहितको निचोड निकालिने प्रदेश सभापति पुनले बताए।

प्रदेश सम्मेलनमा पार्टीको कामकारबाहीका साथै संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको बारेमा समेत व्यापक छलफल हुने उनले बताए।

प्रकाशित: १६ मंसिर २०८० ०८:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App