६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

को को जाँदै छन् प्रधानमन्त्रीसँग दुबई ?

प्रधानमन्त्री पुष्पकमल दाहाल यूइएको दुबईमा १४–१६ मंसिरमा हुने राष्ट्रसङ्घीय वातावरणसम्बन्धी सम्मेलन (कोप–२८) मा भाग लिन अहिले साँझ जाँदै छन्।

बुधबार बिहान बसेको मन्त्रिपरिषदबाट प्रधानमन्त्री दाहाल सो सम्मेलनमा जाने अन्तिम टुंगो लागेको हो। प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार भ्रमण दलमा वन तथा वातावरण मन्त्री वीरेन्द्र महतो, प्रधानमन्त्री पुत्री गंगा दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव एकनारायण अर्याल सहभागी हुँदैछन्।

त्यस्तै वन तथा वातावरण मन्त्रालयका सचिव दीपककुमार खरेल, अर्थ सचिव कृष्णहरि पुष्कर, प्रधानमन्त्रीका निजी सचिव रमेश मल्ल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल, चिफ अफ प्रोटोकल दीलिपकुमार पौडेल, प्रधानमन्त्रीका वातावरण विज्ञ डा।पपुलर जेन्टल भूसाल, प्रोटोकल अफिसर प्रविन भट्टराई पनि भ्रमण दलमा राखिएको छ। प्रधानमन्त्रीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरू लेफ्टिनेन्ट कर्णेल निरज भण्डारी, डिएसपी सिद्धराज न्यौपाने र क्याप्टेन आशिष थापालाई पनि समेटिएको छ।

साथै सरकारी सञ्चार माध्यमबाट नेपाल टेलिभिजनका सम्पादक शालिग्राम सुवेदी, भिडिओग्राफर नवराज दाहाल र राष्ट्रिय समाचार समितिका फोटोग्राफर प्रदीपराज वन्त भ्रमण दलमा राखिएको छ। वन्त भने प्रधानमन्त्री कार्यालयमा फोटोग्राफरको रुपमा काजमा खटिएका छन्।

यसैगरी अबुधावीस्थित नेपाली राजदूत तेजबहादुर क्षेत्रीसहितका अधिकारी पनि भ्रमण दलमा सहभागी हुनेछन् । उपनियोग प्रमुख विशाल भट्टराई, श्रम हेर्ने कन्सुलर दीनबन्धु सुवेदी, द्वितीय सचिव तीलबहादुर सुनार, द्वितीय सचिव भूपेन्द्र घिमिरे, श्रम सहचारी अविद अन्सारी, तृतीय सचिव डिल्लीराम शर्मा र लेखातर्फका तृतीय सचिव विकास भट्टराई सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानाएको छ।

प्रकाशित: १३ मंसिर २०८० ११:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App