२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गठबन्धन सरकार विघटन हुनुपर्छ: प्रभु साह

आज जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सत्तारुढ गठबन्धन सरकार विघटन हुनुपर्ने बताएका छन्।

मुलुकलाई संकटबाट निकास दिनका लागि वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार बनाएर अघि बढ्नु नै सही निर्णय हुने उनको जिकिर थियो। सोमबार काठमाडाैंमा आयोजित पार्टी स्थायी समिति बैठकमा बोल्दै अध्यक्ष साहले विचौलिया र दलालहरुको हिस्साको रुपमा काम गरिरहेको सरकारलाई विघटन गर्नुको विकल्प नरहेको दोहो¥याए। उनले मुलुकमा विद्यमान राजनीतिक अराजकतालाई अन्त्य गर्नका लागि राष्ट्रपतीय प्रणालीमा जानुपर्ने प्रस्ताव समेत गरे। अध्यक्ष साहले सरकारले मिटरब्याजीको नाममा भ्रष्टाचार र घुसखोरीलाई बढावा दिएको उल्लेख गर्दै त्यसविरुद्ध आफ्नो पार्टीले आन्दोलन गर्ने चेतावनी समेत दिए।

उनले भने, ‘मिटरब्याजीको नाममा भ्रष्टाचार, घुसखोरी चरम सीमामा छ। यसलाई रोक्न सबैको ध्यान जाओस्। खासगरी सरकार, जसले मिटरब्याजीमार्फत गरिवलाई न्याय दिन्छु भनेको थियो। आज ती कुरा हावादारी जस्तो भयो। गरिवले न्याय पाएनन्। अन्ततः दलालले लाभ पाए। घुसखोर कर्मचारीले लाभ पाए। र, आज एउटा खेल तमासा सिडियो कार्यालयहरुमा भइराखेको छ। त्यतातिर सरकारको ध्यान जाओस्। म विशेष आग्रह गर्न चाहन्छु। महंगी ठूलो समस्या भएको छ । सरकार निकम्ममा देखिएको छ। मिसावट, कालोबजारी देशको प्रमुख समस्या भएको छ। र, त्यसलाई रोक्न सरकार निकम्मा जस्तो देखिन्छ। तपाईहरुलाई थाहा छ–नेपालमा चिनीको हाहाकार छ। एक दिइ, दुई दिन होइन, महिनौंदेखि यो समस्या छ। तर पनि पर्याप्त चिनी मान्छेले पाउन नसकेका छैनन्। तपाईमा ८० रुपैयाँ केजीमा पाइने चिनी काठमाडौंमा १६० रुपैयाँ पर्छ। यो भन्दा पीडादायी के हुन्छ? सरकारले यो रेट रोक्नै नसक्ने हो र। के सरकारले आपूर्ति व्यवस्था मिलाउनै नसक्ने हो र? जिरा ५ सय चिज आज १५ सय पर्छ। यसलाई नियन्त्रण गर्न यदि सक्दैन भने, जनतालाई सहज ढंगले सेवा दिन सक्दैन भने छोडनु पर्छ। सक्छौं भने परिणाम देखाउ सरकार। बिचौलिया, दलालहरुको हिस्सा हो सरकार। यसै हिसावले सरकार चलिराख्यो भने नेपाली जनताको भविष्य छैन। यतातिर सबैको ध्यान जाओस भन्ने चाहन्छु। हाम्रो यो बैठकले यसलाई सही निष्कर्ष दिन सक्नु पर्छ। हामीले भनेका छौं–देशको निकासको सही निर्णय भनेकै यो सरकारको विघटन, यो व्यवस्थाको विकल्पमा अन्तरिम सरकार बनाएर अघि बढ्ने हामीले भनेका छौं। राष्ट्रपतीय प्रणालीमा जानुपर्छ। अनि मात्रै देशमा स्थिरता प्रदान हुन्छ । अनैतिकताको राजनीतिलाई अन्त्य गर्नुपर्छ।’

प्रकाशित: ११ मंसिर २०८० ०९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App