२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

रास्वपाको बैठक जलेश्वरमा जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा सुरू भएको छ। 

बैठक सोमबारबाट जलेश्वरस्थित अग्रवाल पार्टी प्यालेसमा दिउँसो १ बजेदेखि सुरु भएको हो।

बैठकमा पार्टीको गतिविधिको समीक्षा हुने बताइएको छ। 'पार्टी गठन भएको एक वर्ष पूरा भयो। यो अवधिमा स्वपाले के गर्‍यौँ रु बैठकमा त्यस बिषयमा छलफल हुनेछ,' रास्वपाका सांसद मनिष झाले भने,'अगामी एक वर्षको कार्य योजनाका बारेमा पनि बैठकमा छलफल हुने कार्यक्रम छ।'

सांसद झाका अनुसार बैठकमा रास्वपाका सबै संघीय सांसद, पार्टीका केन्द्रीय सदस्य, सातै प्रदेशका सभापति र पार्टीको महत्त्वपूर्ण विभाग प्रमुखहरूको सहभागिता छ। बैठक तीन दिनसम्म चल्नेछ।

प्रकाशित: ११ मंसिर २०८० ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App