२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कोसी सरकारले बजेट प्रतिस्थापन विधेयक पेश गर्ने

कोसी प्रदेश सरकारले बजेट प्रतिस्थापन विधेयक प्रदेश  सभाको बैठकमा पेश गर्ने तयारी गरेको छ। आज दिउँसो १ बजे बस्ने बैठकमा कोसी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश गर्ने तयारी गरेको हो।

प्रदेश सभा सचिवालयको कार्यसूची अनुसार आजको बैठकमा  विनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश हुन लागेको हो।तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालु आर्थिक वर्षका लागि पहिलो पटक अध्यादेशबाट जेठ ३२ गते बजेट ल्याएका थिए । अध्यादेशको ३६ अर्ब २४ करोड ३५ लाख १० हजार बजेटको प्रतिस्थापन विधेयक पेश नभएपछि दोस्रो पटक मुख्यमन्त्री बनेका  कार्कीले २४ भदौमा पुन प्रतिस्थापन विधेयक ल्याएका थिए।

प्रकाशित: ९ मंसिर २०८० ०६:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App