७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रस्तावित ६ न्यायाधीश विरुद्ध उजुरी आह्वान हुँदै

संसदीय सुनुवाइ समितिबाट सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान हुँदैछ।

शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकको निर्णय बमोजिम मंसिर ९ देखि १८ गतेसम्म उजुरी दिने समय सीमा तोक्दै शनिबार सार्वजनिक सूचना प्रकाशित गर्न लागिएको छ।

सर्वोच्चको न्यायाधीशका लागि सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाल सिफारिस भएका छन्। न्याय परिषद्को गत मंसिर ५ गतेको बैठकले  सर्वोच्च अदालतका ६ न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। न्याय परिषद्बाट संसदीय सुनुवाइका लागि मंसिर ६ गते पत्र प्राप्त भएको थियो।

सोही पत्र बमोजिम समितिको शुक्रबार बसेको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको थियो। संसदीय सुनुवाइ समितिमा इमेल मार्फत, चिठी पत्र मार्फत, उजुरीकर्ता आफै समिति सचिवालयमा उपस्थित भएर उजुरी दिने व्यवस्था छ। प्रस्तावित न्यायाधीशको व्यक्तिगत आचरण देखि कार्यसम्पादनमा  त्रुटिहरू छन् भने आधार र प्रमाण सहित खुलाएर उजुरी दिनुपर्ने छ।

प्रकाशित: ८ मंसिर २०८० ११:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App