२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

तीनकुनेमा नाच्दै युवा संघका कार्यकर्ता

तस्बिर: राजीव खत्री

नेकपा (एमाले) निकट युवा सङ्घले तीनकुनेमा प्रदर्शन गरिरहेको छ। उपत्यकाका विभिन्न ठाउँबाट निकालिएको जुलुस तीनकुनेमा आइपुगेको छ र पुन तीनकुनेबाट कोटेश्वरतर्फ र्‍याली अगाडि बढेको छ।

युवा सङ्घका कार्यकर्ताहरू प्रदर्शनका क्रममा नाचगान गरिरहेका छन्। कार्यकर्ताहरू भेला हुने क्रममा तीनकुने आइपुगेका कार्यकर्ताहरू भने नाचगानमा व्यस्त छन्। यसपछि तीनकुनेबाट निस्केको  र्‍याली कोटेश्वर पुग्ने र कोटेश्वरबाट पुन तीनकुनेमै आइ कोणसभा गरिने बताइएको छ।  

आज राजधानीमा दुई समूहले प्रदर्शन गरिरहेका छन्। बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन गरिरहेको छ भने नेकपा ९एमाले० निकट युवा सङ्घले काठमाडौँको तीनकुनेमा प्रदर्शन गरिरहेको छ। 

प्रकाशित: ७ मंसिर २०८० ०७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App