१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रस्तावित ६ न्यायाधीशको शुक्रबार संसदीय सुनुवाइ प्रक्रिया सुरू हुने

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउने विषयमा संसदीय सुनुवाइ समितिले मंसिर ८ गते बैठक बोलाएको छ।

मंगलबार न्याय परिषद्ले सर्वोच्च अदालतका लागि ६ जना न्यायाधीशको नाम प्रस्ताव गरेको थियो। ६ जना न्यायाधीशको नाम प्रस्ताव गरिएको जानकारी सँगै संसदीय सुनुवाइको आवश्यक प्रक्रिया अगाडि बढाउन न्यायपरिषदले बुधबार संसद सचिवालयमा पत्र पठाएको छ।

न्याय परिषद्को मंगलबारको बैठकले उच्च अदालतका चार न्यायाधीश र दुई जना कानुन व्यवसायीलाइ सर्वोच्चको न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो। सर्वोच्चमा सिफारिस हुनेमा उच्च अदालतका न्यायाधीश सारंगा सुवेदी, अब्दुलअजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना छन्। त्यस्तै कानुन व्यवसायीबाट सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस भएको हो।

प्रकाशित: ६ मंसिर २०८० ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App