१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसले किन बोलायो भ्रातृ संगठनलाई सानेपा

नेपाली कांग्रेसले पार्टीका सबै भ्रातृ संगठनका प्रमुख तथा सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बिहान ११ बजे बोलाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा सोमबार बसेको पदाधिकारीको बैठकले भूकम्प प्रभावितहरूको अस्थायी निर्माणका विषयमा छलफल गर्न बैठक बोलाएको हो।

भूकम्पबाट घरबार बिहिन भएका परिवारलाई मंसिर मसान्ताभित्र अस्थायी आवास निर्माण गर्न नसके चिसोका कारण थप मानविय क्षत्री हुनसक्ने विश्लेषण कांग्रेसको रहेको छ। सरकारले अस्थायी घर निर्माणका लागि दिने भनिएको रकमले वासस्थान निर्माण गर्नसम्भव रहेको कांग्रेस बुझाइ छ। तर, सुत्केरी, बालबालिका, बुढापाका भएकाहरूले घर निर्माण गर्न नसक्ने भन्दै कांग्रेसले सरकारलाई सहयोग पुग्नेगरी जनशक्ति परिचालन गर्ने उसले तयारी गरेको छ। 

सरकारले प्रभावितहरूलाई उपलब्ध गराउने भनिएको रकमबाट अस्थायी घर बन्न सक्ने देखिएको जनाउँदै कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले भने,‘जोखिममा रहेको परिवार, बिरामी रहेका, एकल महिला भएको परिवार, वृद्धवृद्धा रहेका परिवारले पैसा पाएपनि अस्थायी आवास बनाउन जनशक्ति पाउने अवस्था रहँदैन त्यसका लागि पार्टीले सिकर्मी, डकर्मीसहितको दक्षजनशक्ति परिचालन कसरी गर्न सकिन्छ भनेर भ्रातृ संगठनसँग मंगलबार छलफल गर्ने छौं।’ सरकारलाई नै सहयोग गर्नेगरी जनशक्त परिचालन गरिने जानकारी दिंदै उनले भने,‘सोही अनुसार पार्टीले आवश्यक निर्णय गर्नेछ।’

प्रकाशित: ४ मंसिर २०८० १२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App