७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

टिकटकलाई बन्द होइन नियमन गर्नुपर्छ :रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको  टिकटक बन्द गर्ने निर्णयप्रति आपत्ति जनाएका छन्।उनले सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमार्फत टिप्पणी गर्दै सामाजिक संजाललाई बन्द नगरेर नियमन गर्नुपर्नेमा जोड दिएका छन्।

सभापति लामिछानले समस्या प्लेटफर्मको नभई सामग्रीका रहेको, अराजकता माध्यमको नभएर अभिव्यक्तिमा रहेको बताए।उनले टिकटकका कैयौं उपयोगकर्ता र सामग्री खराब रहेको तर सबै उपयोगकर्ता र सामग्री खराब नभएको तर्क गर्दै प्राविधिक रुपमा खराबलाई नियन्त्रण गर्न सकिने बताए।

‘टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ।के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त ? सत्ताधारी दल कै कयौं नेता भ्रष्ट होलान्।के अब पार्टी नै बन्द गरिदिने हो त ?’ भनेर आफ्नो धारणा व्यक्त गरेका छन।  

प्रकाशित: २७ कार्तिक २०८० १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App