८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

जनयुद्धलाई कसैले दबाउन सक्दैन, चिहानबाट फेरि उठ्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताएका छन्।

बिहीवार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनयुद्धलाई जति दबाउन खोजेपनि पटक–पटक उठिराख्ने बतार्एका हुन्।

उनले जनयुद्धलाई दबाइए चिहानबाट भएपनि फेरि उठ्ने बताए। हजारौँ मान्छेहरुले आफूखुशी बलिदान गरेको आन्दोलनलाई कसैले एकछिन दबाए पनि फेरि उृनको भनाइ छ। प्रधानमन्त्री दाहालले उहाँले आफूले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेर अरु कुनै प्रधानमन्त्रीले पनि गर्न नसकेको काम गरेको बताए। पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणमा भुमिका खेलेको भन्दै उनले सो भुमिकालाई सम्मान गर्नु कर्तव्य हुने बताए।

उनले भने, ‘मैले यो पटक प्रधानमन्त्री भएपछि पृथ्वी जयन्तीको दिनलाई पनि बिदा दिने निर्णय गराएँ। मानिसहरुलाई त के ग¥यो प्रचण्डले भन्ने पनि लाग्छ। तर नेपालको इतिहासमा त्यो ऐतिहासिक परिघटना थियो। जसले आधुनिक नेपाल निर्माणको प्रक्रियामा एउटा कोशेढुंगाको भुमिका खेल्यो। हामी ऐतिहासिक भौतिकवादी हुनुका नाताले भौतिक ढंगले त्यसलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो भन्ठानेर मैले। अरुले सकेका थिएनन्। धरै भए प्रधानमन्त्री शान्ति सम्झौतापछि। कुरा त गर्थे तर कसैले आँट गरेका थिएनन्। मैले आँट गरे। यो आँट गरेकोमा सबैले ठिकै माने कसैले बिरोध गरेनन्। तर मैले अर्को पनि गरेँ जनयुद्ध दिवस भनेर त्यसको चाहीँ अहिले निकै ठुलो टिका टिप्पणी हुने गरेको छ। मलाई के लाग्छ भने पृथ्वीनारायण शाहको एकखालको कर्म पछिको ठुलो कर्म नेपाली जनताले अगाडी ल्याएको त्यहीँ नै हो। त्यसलाई अहिले जति दबाउन खोजेपनि इतिहासमा पटक–पटक त्यो उठिराख्छ । त्यो चिहानबाट फेरी उठ्छ। किनभने हजारौँ मान्छेहरुले आफूखुशी बलिदान गरेको आन्दोलनलाई कसैले दबाएर अहिले एक्छिन दबाइयो भनेपनि फेरि उठ्छ त्यो। कार्ल माक्र्सले भन्नुभएको थियो, महान उद्देश्यको निम्ति सर्मपित भएर त्याग गर्ने सहिदहरु कहिल्यै मर्दैनन् । अहिले एकछिन दबाइएर चिहानमा पुरिएपनि चिहानाट फेरि ति जाग्छन्। र जिउँदा मान्छेका निम्ति प्रेरणा भएर फेरि आउँछन् । ति हजारौँ सहिदहरु कहिल्यैपनि दबिने छैनन्।’

प्रकाशित: २३ कार्तिक २०८० ११:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App