१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

फेरि सर्‍यो काँग्रेस महासमिति बैठकः अब पुस १६ देखि १९ सम्म

नेपाली काँग्रेसको महासमिति बैठक फेरि सरेको छ। मंगलवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो।

बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने काँग्रेस नेता मिनबहादुर विश्वकर्माले बताए। उनले यसअघि मंसिरको १३—१५ सम्म बैठक बस्ने भनेपनि सफल नभएको र आईतवार बसेको केन्द्रिय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने भनेपनि चाडपर्वको कारण पुनः सार्नुपरेको बताए। उनले अब राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट बैठक बस्ने बताए।

उनले भने, ‘पहिला हामीले महासमितिको बैठक मंसिरको १३—१५ भन्यौँ। विभिन्न कारणले केही दिन धकेलियो। कार्य सम्पादन समितिको बैठकबाट मंसिर २९ बाट पुसको २ गतेसम्म गर्ने भन्यौँ। तर तिथि मिति हेर्दा फेरि पनि बदल्नु परेको हो। अब पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको दिनबाट १७, १८ र १९ गते ललितपुरको गोदावरीस्थित हलमा तोकेका छौँ।’

प्रकाशित: २१ कार्तिक २०८० ११:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App