२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेल सुर्खेतमा, केहीबेरमा जाजरकोट जाँदै

राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आइपुगेका छन्। शुक्रवार रातिको भुकम्पका कारण प्रभावित बनेको जाजरकोट र रुकुम पश्चिमको अवस्थाबारे बुझ्न उनी सुर्खेत पुगेका हुन्।

उनको बारेकोट गाउँपालिका–१ को रामीडाँडा, खलङगा, रूकुम पश्चिमको आठवीसबोटलगायत भुकम्प प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको छ। 

राष्ट्रपतिसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापतिलगायत सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत भुकम्प प्रभावित क्षेत्र जाँदैछन्।

प्रकाशित: २१ कार्तिक २०८० ०५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App