६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएको बताएका छन्।

बिहीबार आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान (नर्सिङ कलेज) को उद्घाटन समारोहमा बोल्दै दाहालले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएको बताएका हुन्।

उनले आफ्नो नेतृत्वको सरकार गठन भएपछि स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताए।

उनले भने, 'गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका २८०० श्यया निशुल्क उपलब्ध गराएको छु। पाठेघरको क्यान्सर र स्तन क्यान्सर विरूद्धको खोप निशुल्क रूपमा उपलब्ध हुने व्यवस्था मिलाएको छु। सबै सरकारी, सामुदायिक र निजी अस्पतालले कुल श्ययाको १० प्रतिशत बिपन्न, असहाय, बेवारिसे बिरामीको निशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरेको छु।'

प्रकाशित: १६ कार्तिक २०८० ०८:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App