१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

क्यानडाका लागि प्रस्तावित राजदुत भरतराज पौड्यालउपर उजुरी आह्वान

संसदीय सुनुवाई समितिले क्यानडाका लागि प्रस्तावित राजदुत भरतराज पौड्यालउपर उजुरी आह्वान गरेको छ। 

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले क्यानडाका लागि प्रस्तावित राजदुत पौड्यालउपर उजुरी आह्वान गरेको हो।

उनीहरु उपयुक्त छैन भन्ने लागेमा १० दिनभित्र स्पष्ट आधार खोलि समितिमा सूचना वा उजुरी दिन सकिनेछ। उजुरी कर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहने समितिले बताएको छ। समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य पशुपति समशेर जबराले प्रश्तावित राजदुत पदमा नियुक्तिका लागि सिफारिस व्यक्तिको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले सरकारी सञ्चारमाध्यमहरुमार्फत सूचना प्रकाशित गर्न प्रस्ताव गरे। सो प्रस्तावलाई समितिले सर्वसम्मतिले पारित गरेको छ।

समितिको बैठकमा ज्येष्ठ सदस्य सभापति जबराले भने, ‘प्रस्तावित पदमा नियुक्तिका लागि सिफारिस व्यक्तिको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोलि समितिमा सूचना वा उजुरी दिन सरकारी सञ्चारमाध्यमहरुमार्फत सूचना प्रकाशित गर्न प्रस्ताव गर्दछु।’

प्रकाशित: १५ कार्तिक २०८० ०७:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App