३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

ज्येष्ठ नागरिकको सुविधा बढाउन नीति ल्याउँछौँ: मन्त्री आचार्य

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकलाई लक्षित गरी मन्त्रालयले विशेष सुविधा दिने नीति बनाउने तयारी गरेको बताएका छन्।

जिउँदो इतिहासका रुपमा रहेको ज्येष्ठ नागरिक ज्ञान, सिप र कलाको भन्डारका रुपमा रहेकोले उनीहरुलाई लक्षित गरी मन्त्रालयले विशेष सहुलियत र सुविधा सहितको नीति निर्माण गरिने उनले बताए।

कपिलवस्तु नगरपालिका वडा नम्बर-३ द्वारा तौलिहवामा विजया दशमी, नेपाल संवत, तिहार र छठको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन।

‘ज्येष्ठ नागरिकको स्वास्थ्य र दीर्घ जीवनकालागि मन्त्रालय प्रतिबद्ध छ ’ उनले भने ‘अलपत्र परेको ज्येष्ठ नागरिकको सरकारले अभिभावकत्व लिन तयार छ’ उनले ज्येष्ठ नागरिकको सेवा सुविधा बढाउन अन्य मन्त्रालयसँग पनि समन्वय गरिने जानकारी दिए।

मन्त्री आचार्यले ज्येष्ठ नागरिकले पनि आफूले सिकको ज्ञान सिप, रीतिरिवाज र संस्कृतिलाई अन्तर पुस्ता हस्तान्तरण गर्नु पर्नेमा जोड दिए। सो अवसरमा उनले वडामा रहेको सय बढी ज्येष्ठ नागरिकलाई खादा ओढाई पि-फर्म समेत हस्तान्तरण गरेका थिए।

सो अवसरमा लुम्बिनी प्रदेश सदस्य सुधाकरण पोण्डेयले ज्येष्ठ नागरिकका लागि सरकारले विशेष सेवा सुविधा प्रदान गर्दै आएको र यसमा अझ सेवा सुविधा थप्नु पर्ने बताए।

कार्यक्रममा अन्डर सेभेन्टीन ब्याडमिन्टन प्रतियोगितामा रजत पदक दिलाएका तौलिहवामा अभय महरालाई दोसल्ला, नगद र प्रमाण पत्रले सम्मानित गरिएको थियो। यस्तै वडाको भौतिक र सामाजिक विकासमा योगदान दिने लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री सहसराम यादव र राज्य मन्त्री रिना नेपाललाई समेत दोसल्ला र प्रशंसा पत्रले सम्मानित गरिएको थियो।

सो अवसरमा वडा अध्यक्ष प्रकाश गैरेले आफ्नो वडा ठुलो भएको र धेरै कृषकहरु रहेकाले मदखाद, सिँचाइ र पुर्वाधारकालागि विशेष पहल गर्न समेत आग्रह गरेका थिए।

वडा कार्यालयले आफ्ना वडामा रहेको ३ सय बढी ज्येष्ठ नागरिकलाई पि फर्म उपलब्ध गराउने जनाएको छ। कार्यक्रमकै बिच साहित्यकार सकुन्ताला पौडेले आफ्नो कृत्ति हस्तान्तरण गर्दै मन्त्री आचार्यलाई ज्ञापन पत्र समेत दिएकी थिइन।

वडा अध्यक्ष प्रकाश गरुेको अध्यक्षता खग प्रसाद चापागाईको संचालनमा भएको कार्यक्रममा पूर्व प्रदेश राज्य मन्त्री रिना नेपाल युवा नेता प्रकाश घिमिरे, प्रेम लता भट्ट, देवेन्द्र पाण्डेय, केदारनाथ शुक्ला लगायतले मन्तव्य दिएका थिए। 

प्रकाशित: ११ कार्तिक २०८० १२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App