३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पूर्वी रुकुमका नौं मतदान केन्द्र सम्पर्कविहीन

रुकुम– पूर्वी रुकुमका नौं वटा मतदान केन्द्र सम्पर्कविहीन भएका छन् । उक्त मतदान केन्द्रहरुमा दूरसञ्चार कम्पनीहरुको पहुँच नहुँदा उक्त केन्द्रहरु सम्पर्कविहीन भएका हुन् ।
रन्मामैकोट, अर्जल, हुकाम, पेल्मा, सिस्ने, जाङ, खारावाङ, कोल र राङ्सी मतदान केन्द्र सम्पर्कविहीन भएको पूर्वी रुकुमका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिए ।
उनका अनुसार यहाँ सञ्चार सम्पर्क नहुँदा प्रहरीको वाकीटकीबाट मात्रै जानकारी आदान प्रदान हुने गरेको छ । उक्त मतदान केन्द्रमा प्रतिनिधि सभा र प्रदेश सभा चुनाका लागि आवश्यक कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्रीहहरु पुगिसकेको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए ।
‘पेल्मा मतदान केन्द्र अलि विकट छ,’ प्रमुख जिल्ला अधिकारी सापकोटाले भने, ‘त्यहाँ प्रहरीको सेटले समेत काम गर्दैन ।’ ‘त्यहाँबाट एक÷दुई घण्टा हिँडेर रन्मामा मात्र आएर खबर आउँछ ।’ पेल्लामा सञ्चारको धेरै समस्या भएको उनले जनाए ।

 

प्रकाशित: ९ मंसिर २०७४ ०५:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App