१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

देवयानी राणामाथि माओवादीको अाक्रमण प्रयास

दोस्रो पटक कल्लेरी पुगेकी देवियानी राणा वडा अध्यक्ष उमा दुलाललाई घटनाबारे जानकारी गराउँदै। दुलाल माओवादीबाट अध्यक्ष जितेका स्थानीय नेता हुन्। तस्विरः ध्रुव

सिन्धुपाल्चोक— चियाखान स्थानीय कार्यकताको घरमा जाने क्रममा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति सम्शेर राणाकी छोरी देवीयानी राणालाई माओवादी केन्द्रका कार्यकर्ताले अवरोध गरी अाक्रमण प्रयास गरेका छन्। देवीयानी चौतरा साँगा चोक गढी–७ कल्लेरीस्थित काँग्रेसका नगर सभापति यज्ञप्रसाद दंगालको घरमा चिया खान जाँदै गर्दा माओवादीले अवराेध गरेका हुन्।

‘चियाखाने निम्तो भएकाले आउँदै थिएँ। माओवादी साथीहरुले अवरोध गर्दै आक्रमण गर्न खोजेपछि चौतारा फर्किएँ’, उनले नागरिकन्युजसँग भनिन्, ‘अझै पनि गाउँ डुल्न, हिँड्न, मुस्किल रहेछ।’

स्थानीय मिरचौउर बजारदेखि नै झन्डै ४० मोटरसाइकलले पछ्याएका माओवादी कार्यकर्ताले दंगालको घर नजिकै पुग्न लाग्दा अवरोध गर्दै आक्रमण प्रयास गरेका थिए। मौन अवधि सुरु भएकाले बिना झन्डा र बिना सुरक्षाकर्मी उनी त्यसतर्फ गएकी थिइन्।

माओवादी कार्यकर्ताले आक्रमण प्रयास गरेपछि उनी दंगालको घर पुग्न पाइनन्। बीच बाटोबाटै फर्किइन। फर्किने क्रममा पनि माओवादी कार्यकर्ताले पिछा गर्न छोडेनन्। त्यस क्रममा मिरचौउर बजार नजिक उनीहरुले राप्रपा प्रजातान्त्रिकका क्षेत्रीय सभापति महेन्द्र लामालाई आक्रमण गरेका छन्। उनी सामान्य घाइते भएका छन्।

सिन्धुपाल्चोक–२ प्रतिनिधि सभा (क) प्रदेश सभा उम्मेदवार बनेका माओवादीका युवराज दुलालका भाइ कमल दुलाल, बालकृष्ण दुलाल नेतृत्वको टोलीले अवरोध पुर्‍याएको देवियानीले नागरिकन्युजलाई बताइन्।

माओवादीको अवरोधका कारण चौतारा फर्किएकी राणा सुरक्षाकर्मी साथ लिएर दोस्रो प्रयासमा दंगालको घर पुग्न सफल भएकी थिइन्।

‘चियाखाने निम्तो भएकाले आउँदै थिएँ। माओवादी साथीहरुले अवरोध गर्दै आक्रमण गर्न खोजेपछि चौतारा फर्किएँ’, उनले नागरिकन्युजसँग भनिन्, ‘अझै पनि गाउँ डुल्न, हिँड्न, मुस्किल रहेछ।’

घटनाको विषयमा स्थानीय प्रशासनलाई जानकारी दिएको उनले बताइन्। पार्टीसँग सल्लाह गरेर घटनाबारे प्रशासनमा उजुरी गर्ने तयारी भइरहेको उनले जनाइन्। देवीयानीका पिता पशुपतिसम्शेर राणा लोकतान्त्रिक गठबन्धनको तर्फबाट सिन्धुपाल्चोक–२ बाट प्रतिनिधि सभा उम्मेदवार हुन्। देवयानी पिताको चुनाबी अभियानका लागि केही दिन अगाडि सिन्धुपाल्चोक अाएकी हुन्।

दोश्रो प्रयासमा कल्लेरी पुगेपछि देवयानी राणा

दोस्रो पटक कल्लेरी पुगेकी देवियानी राणा वडा अध्यक्ष उमा दुलाललाई घटनाबारे जानकारी गराउँदै। दुलाल माओवादीबाट अध्यक्ष जितेका स्थानीय नेता हुन्। तस्विरः ध्रुव
दोस्रो पटक कल्लेरी पुगेकी देवियानी राणा वडा अध्यक्ष उमा दुलाललाई घटनाबारे जानकारी गराउँदै। दुलाल माओवादीबाट अध्यक्ष जितेका स्थानीय नेता हुन्। तस्विरः ध्रुव
दोस्रो पटक कल्लेरी पुगेकी देवियानी राणा वडा अध्यक्ष उमा दुलाललाई घटनाबारे जानकारी गराउँदै। दुलाल माओवादीबाट अध्यक्ष जितेका स्थानीय नेता हुन्। तस्विरः ध्रुव
दोस्रो पटक कल्लेरी पुगेकी देवियानी राणा वडा अध्यक्ष उमा दुलाललाई घटनाबारे जानकारी गराउँदै। दुलाल माओवादीबाट अध्यक्ष जितेका स्थानीय नेता हुन्। तस्विरः ध्रुव
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App