२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

सिंचाई राज्यमन्त्री चढेकाे गाडीमा बम विष्फोट

रोल्पा - सिंचाई राज्यमन्त्री तथा कांगेसका प्रतिनिधि सभा उमेदवार अमर सिंह पुन चढेको गाडीमा बम बिष्फोट गराईएको छ। सदरमुकाम हुँदै जौलिपोखरीको सभामा भाग लिन हिँडेका पुनको गाडीमा घोडागाउँमा बम बिष्फोट गराइएको हो।

बम बिष्फोटलगत्तै नागरिकन्युजसँग प्रतिक्रिया दिँदै राज्यमन्त्री पुनले भने,‘जसले गराएको भए पनि यो काम राम्रो होइन। यस्ता गतिविधि तुरुन्तै बन्द गरिनुपर्छ,' उनले थपे,‘बम बिष्फोट बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको सुनिए पनि डर देखाउन घटना गराएको हुन सक्ने सम्भावना देखियाे।’

बम बिष्फोट गराउनेहरूकाे खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए। ‘अहिले सो ठाउँमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।’
 

 

प्रकाशित: ३० कार्तिक २०७४ ०८:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App