coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

माओवादीको कार्यक्रममा माधव नेपाल प्रमुख अतिथि

काठमाडौं- दुई ठूला वामपन्थी दल एमाले र माओवादी केन्द्रले चुनावी तालमेलसँगै पार्टी एकताको आधार तयार गर्न एउटा पार्टीले आयोजना गरेको कार्यक्रममा अर्को पार्टीका नेतालाई प्रमुख अतिथि बनाउने अभ्यास अघि बढाएका छन् ।
यस्तो अभ्यास माओवादी केन्द्र काठमाडौं–२ ले बुधबार आयोजना गरेको चुनावी कार्यक्रममा देखिएको हो ।
कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख अतिथिका रुपमा सहभागी भए भने माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश गौतमसहितका केन्द्रीय तहका आधा दर्जन नेता मञ्चमा अतिथिका रुपमा सहभागी थिए । भेलाको अध्यक्षता माओवादी केन्द्र काठमाडौं–२ का संयोजक विमल ढुंगेलले गरे । नेपाल प्रतिनिधिसभाका लागि त्यस क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवारसमेत हुन् । प्रदेशतर्फ एमाले वैकल्पिक पोलिटब्युरो सदस्य सानु श्रेष्ठ र काठमाडौंका नेता मणिराम फुयाँल सो निर्वाचन क्षेत्रमा उम्मेदवार छन् ।
भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले नेपालजस्तो सानो देशमा एउटै विचार र लक्ष्य लिएको धेरै पार्टी आवश्यक नभएकाले दुई ठूला वामपन्थी दल एमाले र माओवादी मिलेर एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने अभियान सुरु भएको बताए ।

 

प्रकाशित: २३ कार्तिक २०७४ ०२:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App