१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पहिलो चरणको निर्वाचनको तयारी पूरा: प्रमुख आयूक्त यादव

सिन्धुपाल्चोक-  प्रमुख निर्वाचन आयूक्त अयोधीप्रसाद यादवले ३२ जिल्लामा पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पूरा भएको बताएका छन्।

चुनावी तयारी र गतिविधिबारे बुझ्न मंगलबार चौतारा आएका उनले स्थानीय पत्रकारसँग भेटघाट गर्दै भने, ‘पहिलो चरणको चुनावी तयारी पूरा भयो। मतदानस्थल र केन्द्र केन्द्रीत गतिविधि अघि बढाएका छौँ।’ नयाँ संविधान कार्यान्यन गर्न हुन गइरहेको चुनावलाई ऐतिहासिक निर्वाचनको संज्ञा दिँदै यादवले पहिलो चरणका लागि मतपत्र छपाइसमेत सम्पन्न भएको छ।

          उनका अनुसार केही दिनभित्र ती मतपत्र जिल्लामा पठाउन सुरु गरिने छ। चुनावमा ६१ प्रकारका सामग्री प्रयोग हुने जानकारी दिँदै प्रमुख निर्वाचन आयूक्त यादवले सबै सामग्रीको व्यवस्थापन भइसकेको जनाए।

          मतपत्र सम्वन्धी सर्वोच्च अदालतको आदेशले मतपत्र लगायत सामग्री छपाइमा बिलम्ब हुँदा मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ढिलाई भएको उनले स्वीकारे । केही दिनभित्र मतदाता शिक्षा कार्यकर्ता गाउँ–गाउँ खटिने जानकारी दिँदै उनले भने, ‘दुई साताजति समय मात्र  मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने अवस्था छ । यसलाई तीव्र बनाउन आयोग कस्सिएको हुँदा सबै मतदाताले शिक्षा पाउने समय अझै छ ।’

          मतदान केन्द्रमा शान्ति, सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने बाचा गर्दै उनले ढुक्क भएर भोट खसाल्न उपस्थित हुन यादवले आग्रहसमेत गरे । ‘सुरक्षामा कुनै कमजोरी हुन दिइने छैन,’ उनले भने । तीनवटा मतपत्र र तीनवटै मटपेटिकामा मत खासाल्नु पर्ने भएकाले मतदान प्रक्रिया केही सुस्त हुने उनको आशंका छ । ‘बिगतको चुनाव हेर्दा यो पटक पनि ७५ देखि ८० प्रतिशत मत खस्छ,’ तोकिएको समय सीमा भित्रै उक्त मत खस्ने विश्वास उनले गरे।

          प्रमुख निर्वाचन आयूक्त यादवले काठमाडौंदेखि भक्तपूर, काभ्रे हुँदै सिन्धुपाल्चोकका बजार हेर्दा निर्वाचन आचार संहिता पालना भएको पाइएको उल्लेख गरे । उनले थपे, ‘आचार संहिता उल्लंघनका घटना अनुगमन गर्न सबै जिल्लामा सहसचिवको नेतृत्वमा टोली परिचालन गरिएको छ।’

          प्रतिनिधि र प्रदेशसभा दुई चरणमा हुन गइरहे पनि कुनै सुरक्षा चुनौति नथपिने दाबी उनले गरे । २०५६ को आमनिर्वाचन दुई र हालै सम्पन्न स्थानीय तहको चुनाव तीन चरणमा भएको अनुभव सुनाउँदै यादवले बताए, ‘दुई चरणमा चुनाव गर्दै सुरक्षा चुनौति थपिन्न । तर आयोग यसबारे गम्भिर भने छ।’

प्रकाशित: २१ कार्तिक २०७४ १२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App