२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

कोशीमा मुख्यमन्त्री नियुक्तिका लागि सांसदको हस्ताक्षर सनाखत गरिने

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नु पूर्व समर्थन गर्ने प्रदेश सांसदहरुको हस्ताक्षर सनाखत गरिने भएको छ।

आज प्रदेश प्रमुखको कार्यालयले सूचना प्रकाशित गरी भोलि बिहान ८ बजेदेखि २ बजेसम्म सांसदहरूको हस्ताक्षर सनाखत गर्ने जनाएको हो।

मुख्यमन्त्री नियुक्तिको माग गर्दै ४७ जना सांसद लिएर नेपाली काँग्रेसका सांसद केदार कार्की प्रदेश प्रमुखको कार्यालयमा पुगेपछि प्रदेश प्रमुखको कार्यालयले भोलि बिहान ८ बजेदेखि हस्ताक्षर सनाखत गर्ने सूचना प्रकाशित गरेको हो। 

कोशीमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य केदार कार्की र माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। आङ्बोले कांग्रेसहित चार दलका नेताको समर्थन पेश गरेका छन् भने कार्कीले काँग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका छन्।

प्रकाशित: २६ आश्विन २०८० १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App