१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपति पौडेलद्वारा उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना

राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गरेका छन्।

राष्ट्रपति पौडेलले डेङ्गु सङ्क्रमण भएपछि बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना गरेका हुन्।

राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरी स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बताए। 

प्रकाशित: २५ आश्विन २०८० ०६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App