१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको विशेष बैठक

सर्वदलिय बैठक पनि बस्ने

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषदको विशेष बैठक बोलाएका छन्। इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार, स्वदेश फिर्ता लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदको विशेष बैठक बोलाएका हुन्।

आज अपरान्ह ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तिका लागि सरकारले चाल्नुपर्ने कुटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ।

मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्रीले आजै साँझ ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक बोलाएका छन्। बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुने बताइएको छ।

नेपाली समयअनुसार शनिवार बिहान इजरायलमा भएको आक्रमणपछि प्रधानमन्त्रीले लगातार घटनाप्रति चासो राख्दै सरकारको तर्फबाट आवश्यक पहल गरिरहेका छन्।

सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकहरूलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत सङ्कलन र द्रूत सूचना संयन्त्रसमेत खडा गरिसकेको छ।

प्रकाशित: २२ आश्विन २०८० ०५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App