६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सहकारी गरिब किसानका लागि हुनुपर्छ: अध्यक्ष विजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले सहकारी सानाका लागि हुनुपर्ने बताएका छन्। अझ भक्तपुरको सन्दर्भमा सहकारीहरु किसानका लागि हुनुपर्ने उनले बताए। 

‘सहकारी भनेको किसानको हितका लागि, किसानको काम आउने हुनुपर्छ,’ भक्तपुरस्थित श्वेत भैरब सहकारी संस्था लिमिटेड जेंला भक्तपुरको १६ औँ साधारण सभाको शनिबार भक्तपुरमा उद्घाटन गर्दै विजुक्छेंले भने, ‘पैसाको मात्रै कारोबार गर्ने भए त बैंकहरु छँदै छन् नि।’

विजुक्छेंले सहकारी संस्थाहरुले गरिब किसानको पक्षका लागि उनीहरुलाई ऋण दिने, तालिम दिने, कृषिमा देखिएका समस्याहरु समाधानका लागि हुनुपर्ने भनाई राखे।

कृषिप्रधान देशमा कृषि सहकारीहरुको विशेष महत्त्व हुने भन्दै उनले कृषिलाई उपेक्षा भएकोमा चिन्ता व्यक्त गरे। अहिले पनि सहकारीको नाममा ठुलाबडाले नै राज गरिरहेको भन्दै उनले विदेशमा भए धनी वर्गलाई सहकारीको सदस्य नै बनाउन नहुने जिकिर गरे।

प्रकाशित: २० आश्विन २०८० १२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App