२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

सुखी जीवनका लागि गुणस्तरीय शिक्षा आवश्यक: परराष्ट्रमन्त्री

परराष्ट्र मन्त्री एनपी साउदले प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकता रहेको बताएका छन्। 

चाबहिल स्थित जिपी कोइराला मेमोरियल सामुदायिक कलेजको आज भएको शुभकामना तथा बिदाइ कार्यक्रममा उनले प्राविधिक शिक्षाले ज्ञान, सीप र रोजगारी दिने भएकाले यो आजको आवश्यकता रहेको बताए।

हाल धेरै सामुदायिक क्याम्पस भए पनि जिपी कोइराला कलेजले गुणस्तरीय शिक्षा प्रदान गरेर सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट बनेकामा मन्त्री साउदले क्याम्पस परिवार तथा विद्यार्थीलाई बधाई दिए। कलेजको स्थापना गर्नु मात्र ठूलो कुरा नभएर गुणस्तरीय शिक्षा प्रदान गर्नु महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

मन्त्री साउदले आफू विद्यार्थी राजनीतिबाट आएकाले पनि देशको शैक्षिक स्थिति र विद्यार्थीका धेरै कुरा बुझेको बताउँदै राम्रो नतिजाका लागि विद्यार्थी, शिक्षक र अभिभावकको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने जनाए। गुणस्तरीय शिक्षा भएन भने जीवनमा सुख पाउन नसकिने भन्दै उनले सबै कलेज तथा विद्यालयले समाज र देशलाई योगदान पुर्‍याउने खालको प्रभावकारी शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए।

बागमती प्रदेशसभा सदस्य मीना पराजुलीले कलेजले विद्यार्थीको आवश्यकता अनुसार पढाउनुपर्ने भन्दै विद्यार्थीको आवश्यकता हेरेर पढ्न सहज वातावरण बनाउनुपर्नेमा जोड दिए। आजको आधुनिक युगमा प्रविधिमैत्री शिक्षा प्रदान गर्न सके थप प्रभावकारी र उपलब्धिमूलक हुने उनको भनाइ थियो। रासस

प्रकाशित: २० आश्विन २०८० ०९:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App