२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मधेस प्रदेश :मन्त्रालय फुटाएर जसपाकी सुरिता साहलाई जिम्मेवारी

 मधेस प्रदेश सरकारले फेरि मन्त्रालय बिस्तार गरेको छ। मुख्यमन्त्री सरोजकुमार यादवले सातौँ पटक मन्त्री पुनर्गठन गरेका हुन।

चार महिनादेखि विना विभागीय मन्त्रीको रूपमा मुख्यमन्त्री कार्यालयमा रहेकी जसपाकी सुरिता साहलाई मन्त्रालयको जिम्मेवारी दिन जनमत पार्टीको संसदीय दलको नेता महेश प्रसाद यादवले सम्हालेको शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर एक मन्त्रालय थपेको हो।

उक्त मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालयको बनाएको छ। सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र यसअघि शिक्षा तथा समाजक कल्याण मन्त्री रहेका यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आज एक विज्ञप्ति प्रकाशित गरि कार्य विभाजन सार्वजनिक गरेका हुन्।

प्रकाशित: १९ आश्विन २०८० १४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App