१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सरकारले जातीय द्वन्द्व गर्न उक्साइरहेको छ: सांसद सिंह

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले सरकारले जातीय द्वन्द्वका लागि उक्साइरहेको बताएका छन्।आज नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद सिंहले सरकारले नै जातीय द्वन्द्वका लागि उक्साइरहेको बताएका हुन।

उनले प्रधानमन्त्री स्वयंले जातीय लडाई लड्न आग्रह गरेको बताए। उहाँले जनप्रतिनिधिले चाहेको भए धरानको घटनालाई रोक्न सक्ने भन्दै सरकार यस्तो घटनाहरूमा मौन बसेको बताए। उनले प्रधानमन्त्रीले नेपाली–नेपालीका बिचमा काटमार गराउन खोजेको हो ? भन्ने प्रश्न समेत गरे।

सांसद सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टी धार्मिक, सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम गर्ने पक्षमा रहेको र नेताहरूले सोही अनुसारका अभिव्यक्तिहरू दिइरहेका स्पष्ट पारे।

प्रकाशित: १९ आश्विन २०८० ११:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App