४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदीप यादवको प्रश्न: विद्यालय शिक्षा विधेयक निजी विद्यालयलाई पाल्न त आएको होइन ?

जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले विद्यालय शिक्षा विधेयक, २०८० पुनः लेखनको आवश्यकता रहेको बताएका छन्।

शुक्रवार विद्यालय शिक्षा विधेयक, २०८० मा भग लिँदै उनले यस्तो बताएका हुन्। उनले शिक्षा विधेयक संवेदनशील विषय भएको भन्दै विधेयक सोचेर बनाउनुपर्ने बताए। विधेयकमा व्यापक हेरफेर गर्न र व्यापक संशोधन हाल्न जरुरी रहेको उनले उल्लेख गरे। उनले विधेयक निजी विद्यालयलाई पाल्नका लागि त आएको होइन? भन्दै प्रश्न गरे।

उनले भने, ‘शिक्षा विधेयक संवेदनशील विषय हो। यो विधेयक यस्तो बन्नुपर्छ की आमाको गर्भमा बच्चा जब रहन्छ, मृत्यु नहुन्जेलसम्म शिक्षा विधेयकले उसको अधिकारलाई सुनिश्चित गर्छ। यो विधेयक सोचेर बनाउनु पर्छ। यो विधेयकको पुनः लेखनको आवश्यकता छ। किनभने यसमा व्यापक हेरफेर गर्न जरुरी छ। यसमा व्यापक संशोधन हाल्न जरुरी छ। यो विधेयक झट्ट हेर्दा कहीँ निजी विद्यालयलाई पाल्नका लागि त आएको होइन, सामुदायिक विद्यालय बिस्थापन गर्न त आएको होइन? मैले महशुस गरेको छु। निजी विद्यालयले एक दिन आन्दोलन गर्दा घुँडा टेकेको सरकार सामुदायिक विद्यालयले आन्दोलन गर्दा लाठी चार्ज गर्न बाध्य किन भयो त? सल्लाह सुझाव लिएको भए त्यस्तो स्थिति आउँदैन थियो कि। शिक्षकहरुको आन्दोलन त जायज थियो, त्यसैले सम्झौता गरेको हो। सरकारले शिक्षकहरुसँग गरेको सम्झौता अक्षरशः पालना गर्नुपर्छ।’

प्रकाशित: १९ आश्विन २०८० ०७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App