२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

राजावादीहरुले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाईलाई पुष्टि गर्नुपर्‍योः लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजावादीहरुले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाईप्रति आपत्ति जनाएका छन्।

शुक्रवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरुले लोकतन्त्र विरोधी के गतिविधि गरे? भनि प्रश्न समेत गरे। अध्यक्ष लिङदेनले पूर्वराजा शाह र राजावादीहरुले लोकतन्त्र विरोधी गतिविधि गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न भनि दिइएको अभिव्यक्तिप्रति आक्रोश समेत व्यक्त गरे। उनले क्वीन्टलका क्वीन्टल सुन तस्करी गर्ने, जघन्य अपराधमा संलग्नहरुलाई जेलबाट छोड्ने लगायतका काम लोकतान्त्रिक हो भनि सरकार र सत्तारुढ दललाई प्रश्न समेत गरे।

अध्यक्ष लिङदेनले भने, ‘कही साथीहरुले राजावादीहरु धार्मिक सद्भाव विथोल्न लागेका छन्। त्यसको निगरानी गर्नुपर्‍यो। राजा ज्ञानेन्द्र पनि लोकतन्त्र बिरोधी गतिविधिमा संलग्न भएका छन्। उनको गतिविधिमा ध्यान दिनुप¥यो भनेर आग्रह गरे, अनुरोध गरे। कुन त्यस्तो गतिविधि रहेछ? राजावादीहरुको, जसले धार्मिक सद्भाव बिथोल्न लागेको छ। र, राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि रहेछ, जसले लोकतन्त्रलाई अवरुद्ध गरिराखेको छ। र, लोकतन्त्र बिरोधी भएको छ? म त्यसको जानकारी लिन चाहन्छु। र, त्यसको बारेमा प्रष्ट पार्न म ती वक्ता साथीहरुलाई आग्रह गर्न चाहन्छु। जघन्य अपराधका आरोपीहरुलाई जेलबाट छोड्ने, बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाउने, क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेर ल्याउने काम लोकतान्त्रिक हो? म सोध्न चाहन्छु।’

प्रकाशित: १९ आश्विन २०८० ०६:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App