१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको बझाङ अवलोकन हेलिकप्टरमा जाने,आश्वासन दिने मात्र नहोस: सांसद जोशी

सांसद भानुभक्त जोशीले भूकम्पबाट प्रभावित जिल्ला बझाङ घुमेर मात्र नआउन प्रधानमन्त्रीसहितको टोलीलाई आग्रह गरेका छन्।

जोशीले बिहीबार प्रतिनिधिसभामा सर्वसाधारणको भनाई उल्लेख गर्दै भने, ‘नेताहरू हेलिकप्टरमा आउँछन्, आश्वासन दिन्छन् र आश्वासनको भारी बोकाउँछन्। तर केही पनि गर्दैनन्।’ उनले अघिल्लो वर्षमा बझाङमा भएका प्रकोप पीडितहरूले अहिलेसम्म पनि क्षतिपूर्ति र राहत नपाएको उल्लेख गर्दै यस्तो आग्रह गरेका हुन।

सांसद जोशीले प्रभावित जिल्ला भ्रमणको तयारी गरिरहेका प्रधानमन्त्रीसहितको टोलीलाई ‘आश्वासन मात्र होइन, काम गरेर देखाउन’ आग्रह गरेका हुन। उनले बझाङका निजी, सार्वजनिक घरहरू भत्किएको र सर्वसाधारणले धेरै दुःख पाइरहेको बताए।

‘स्कुल, सरकारी कार्यालय, स्वास्थ्य कार्यालय र निजी घरहरू धेरै चिरा परेका छन्। यसतर्फ सरकारको ध्यानाकर्षण होस’, जोशीले भने। उनले संसद्मा राखिएका विषय वस्तुहरूबारे सरकार गम्भीर नभएको आरोप पनि लगाए।

प्रकाशित: १८ आश्विन २०८० ०९:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App