१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मुलुकका हरेक कठिनाइमा काँग्रेस अग्रपंक्तिमा लाग्दा मात्र परिवर्तन सम्भव: नेता रिजाल

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री डा मिनेन्द्र रिजालले मुलुकमा परेको हरेक कठिनाइलाई काँग्रेसको अगुवाईमा रहने तागतले ठेगान लगाएको बताएका छन्। उनले त्यो सार्मथ्यलाई अझ गतिशिल बनाउन गुट र उपगुटको अन्त्य जरुरी भएको समेत बताए।

नेपाली काँग्रेस ताप्लेजुङ क्षेत्र १(क) को प्रथम प्रदेशसभा क्षेत्रीय सम्मेलनलाई बुधवार फुङलिङमा सम्बोधन गर्दै नेता रिजालले गुटबन्दीका कारण काँग्रेस अप्ठ्यारोमा परेको भन्दै गुटबन्दी त्यागेर काँग्रेसको आन्तरिक संगठन सुद्रिढकरण लाग्न कार्यकर्तालाई आग्रह गरे।

पार्टीका आन्तरिक मतभेदलाई बिचार र बहसबाट सहमति र सहकार्यमा लैजान सकिने उनको भनाई थियो।  

काँग्रेस लोकतन्त्रको सच्चा पहरेदार भएको भन्दै काँग्रेसको आन्तरिक संगठन बलियो बनाएर जनतामाझ लोकप्रिय संगठकको रुपमा काँग्रेस उभिन पर्नेमा उनको जोड थियो। नयाँ शक्तिको रुपमा उदाएका राजनीतिक दललाई उनले उनीहरुका प्रवृति नयाँ ‘महाराज’को रुपमा उदाएको टिप्पणी गरे। ‘अब काँग्रेसका नेता को हुने भन्ने बिषय गौड हुनुपर्छ र काँग्रेसलाई कसरी मौलाएर अघि बढाउने चिन्तन बढी हुनुपर्छ’ रिजालले भने।  

प्रकाशित: १७ आश्विन २०८० १२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App