काठमाडौं – राष्ट्रिय जनमोर्चाले संसदीय र प्रादेशिक चुनावका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ । मंगलबार केन्द्रीय कार्यालयमा आयोजित बैठकले राष्ट्रिय जनमोर्चाले संसदीय र प्रादेशिक चुनावका लागि उम्मेदवारहरुको टुंगो लगाएको जानकारी प्रेस विज्ञप्तिमार्फत गरेको छ ।
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत दार्चुलाबाट मनवीर दमाई, बझाङ कल्पना भण्डारी, बैतडी वीरेन्द्र भण्डारी, पश्चिम रुकुम आशा बुढा, जाजरकोट पूर्ण बहादुर विसी, जुम्ला अग्निराज उपाध्याय, कालीकोट मीनबहादुर शाही, रुकुम पूर्वी चन्द्र विक्रम शाही, रोल्पा मेघनाथ बिष्ट, म्याग्दी टिकाप्रसाद राना, बागलुङ–१ अमर बहादुर थापा, बागलुङ २, मिना पुन, गोरखा –१ रामप्रसाद अर्याल, गोरखा–२ रन्जनबाबु श्रेष्ठ, संखुवासभा– हेमकुमार गुरुङ, भोजपुर–मनबहादुर श्रेष्ठ, ओखलढुंगा – शेरबहादुर विसी, सिन्धुपाल्चोक–१, दीर्घबहादुर सुवेदी, नुवाकोट–१ कर्ण बहादुर तामाङ उठ्नेछन् ।
त्यस्तै प्रदेशसभा निर्वाचनका लागि प्रदेश नंम्बर ७ बैतडी १ अर्जुन मडै, बैतडी २ नरीदत्त भट्टराई, बझाङ १ कर्ण बहादुर धामी, बझाङ २ रामबहादुर धामी, दार्चुला १ उमेश महरा, दार्चुला २ करनसिंह बिष्टको नाम टुंगो लगाइएको हो । प्रदेश नंम्बर ६ अन्तर्गत पश्चिम रुकुम १ तुले घर्ती, पश्चिम रुकुम २ खडगसिंह खडका, जाजरकोट तिलक बिष्ट, जुम्ला १ मीन बहादुर महत, जुम्ला २ लोक बहादुर कार्की, कालीकोट १महेश शाही, र कालीकोट २ कृष्ण बहादुर शाही उठ्ने भएका हुन् ।
प्रदेश नंम्बर ५ अन्तर्गत रुकुम पूर्व १ अनाराम पुन, रोल्पा १ वीर बहादुर बिष्ट, रोल्पा २ धन बहादुर डाँगी, प्रदेश नंम्बर ४ को बाग्लुङ १ तिलक थापा र कृष्ण बहादुर थापा, बागलुङ २ भिमसेन वन र टेक बहादुर घर्ती, म्याग्दी १ फौजबहादुर कार्की, म्याग्दी २ रमेश कुमार पुनको नाम टुंगो लगाएको हो । त्यस्तै प्रदेश नंम्बर ३ सिन्धुपाल्चोक १ राजन न्यौपाने, प्रदेश नंम्बर १ ओखलढुंगा सञ्जुमाया राई र संखुवासभा लिला बहादुर खत्री उठ्ने पक्का भएका हुन् ।
प्रकाशित: ३१ आश्विन २०७४ १३:५७ मंगलबार