१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सिन्धुमा सबा २ लाख मतदाता

सिन्धुपाल्चोक- आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोक दुई लाख २६ हजार पाँच सय १५ मतदाता पुगेका छन् । स्थानीय तह निर्वाचनपछि २६ हजार नयाँ मतदाता थपिएका हुन् । त्यतिबेला एक लाख ९९ हजार पाँच सय मतदाता थिए ।
निर्वाचन आयोगबाट मतदाता संख्या प्राप्त भएकाले चुनावी तयारी सुरु गरेको जिल्ला निर्वाचन अधिकृत विजयकुमार कार्कीले बताए । उनका अनुसार प्रतिनिधिसभाका लागि दुई निर्वाचन क्षेत्र कायम यो जिल्लामा क्षेत्र नं. १ मा १ लाख १४ हजार तीन सय २३ मतदाता संख्या छ । यहाँ ५५ हजार सात सय ४० महिला र ५५ हजार चार सय ५९ पुरुष मतदाता छन् । क्षेत्र नं. २ मा एक लाख १२ हजार एक सय ९२ मतदाता रहँदा महिला ५४ हजार पाँच सय २० र पुरुष ५७ हजार छ सय ७२ छन् ।  
    चारवटा प्रदेशसभा रहेको यस जिल्लामा प्रतिनिधिसभा क्षेत्र नं. १, प्रदेशसभा १ मा २८ हजार छ सय ८७ महिला र ३० हजार एक सय ७७ पुरुष गरी ५८ हजार आठ सय ६४ मतदाता छन् । यो प्रदेशमा भोटेकोसी, त्रिपुरासुन्दरी, लिसंखुपाखर गाउँपालिका र बाह्रविसे नगरपालिका समेटिएका छन् । जुगल, बलेफी, सुनकोसी गाउँपालिका र चौतारा–साँगाचोकगढी नगरपालिकाका २, ३, ४, ९ र १० नम्बर वडा समेटिएका प्रदेशसभा २ मा  महिला २७ हजार ५३ र पुरुष २८ हजार चार सय छ गरी ५५ हजार चार सय ५९ मतदाता छन् ।
    त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २, प्रदेशसभा १ मा मतदाता संख्या ५३ हजार सात सय ४८  छ । चौतारा–साँगाचोकगढी नगरपालिकाका बाँकी नौ वटा वडा, मेलम्ची नगरपालिकाका ९, १० र १३ नम्बर वडा र इन्द्रावती गाउँपालिका समेटिएको यो प्रदेशसभामा २६ हजार छ सय ४४ महिला र २७ हजार ४ पुरुष मतदाता छन् । प्रदेश २ मा २७ हजार सात सय ७६ महिला र ३० हजार छ सय ६८ पुरुष गरी ५८ हजार चार सय ४४ मतदाता छन् । यो प्रदेशसभामा मेलम्ची नगरका बाँकी १० वटा वडा, हेलम्बु र पाँचपोखरी–थाङपाल गाउँपालिका समेटिएका छन् ।
    पछिल्लो संविधानसभा निर्वाचनमा तीनवटा निर्वाचन क्षेत्र रहेकोमा संख्या निर्धारण गर्दा एउटा घटेको हो । निर्वाचन अधिकृत कार्कीले मतदानस्थल र मतदान केन्द्र तोक्ने प्रक्रिया सुरु भएको बताए । स्थानीय तह निर्वाचनमा एक  सय २२ स्थलमा दुई सय ५५ केन्द्र कायम गरिएको थियो । ‘राजनीतिक सहमतिमा सम्भवत यसैलाई कायम राख्ने प्रयास हुनेछ,’ उनले भने । 

प्रकाशित: २३ आश्विन २०७४ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App