काठमाडौं— आगमी निर्वाचनको लागि ओखलढुंगाबाट तीन वटै ठूला दलले केन्द्रको लागि उम्मेदवार सिफारिस गरेका छन्। सबै भन्दा बढी नेपाल कांग्रेसबाट सिफारिस भएका छन् । संघीय प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारमा नेपाली कांग्रेसले ७ जनाको नाम सिफारिस गरेको छ।
पहिलो नम्बरमा रामहरि खतिवडा, दोस्रो नम्बरमा प्रदीप सुनुवार, बालकृष्ण दाहाल, गोमा केसी, मित्रसेन दाहाल, खिलानाथ दाहाल र प्रेमराज राईको नाम सिफारिस भएको संसद् समेत रहेको खतिवडाले जानकारी दिए। केन्द्रको लागि सम्भावना बोकेका उम्मेदवारको रुपमा खतिवडालाई हेरिएको छ।
त्यसैगरी नेकपा एमालेतर्फ पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज यज्ञराज सुुनुवार वैकल्पिक केन्द्रीय सदस्य किशोर अधिकारी र नेकपा माओवादी केन्द्रले बाबुराम गौतमलाई चयन गरेको छ।
प्रदेश सभाको प्रत्यक्षतर्फ क्षेत्र नं. १ को लागि नेपाली कांग्रेसको तर्फबाट लिलाबल्लव दाहाल (काका), तेजेन्द्र खनाल, हंसराज वाग्ले, डिल्लीराज खनाल, टेकराज भट्टाराई लगायतको नाम सिफारिसमा परेको छ। लिलाबल्लभ दाहाल (काका)लाई बलियो उम्मेरदारको रुपमा लिएको छ। उनले भूकम्पले भत्काएका जिल्लाको दुई दर्जन बढी विद्यालय पुनर्निर्माण लगायत सामाजिक काममा सक्रिय दाहाल पर्यटन व्यवसायी तथा टानका कोषाध्यक्ष हुन्।
क्षेत्र नं. २ को लागि भने कुमार लुइँटेल, अशोक कार्की, कमल तामाङ, ज्ञानेन्द्र रुम्दाली, रामजी बास्तोल लगायतको नाम सिफारिस गरिएको छ । क्षेत्र नं. २ मा भने कुमार लुइटेललाई बलियो उम्मेरदारको रुपमा लिइएको छ। उनले अधिकांश साविकका गाविसमा अस्पतल खोल्न योगदान गरेका थिए।
यता नेकपा एमालेको तर्फबाट प्रदेश सभाको प्रत्यक्षतर्फ क्षेत्र नं. १ मा अम्बिरबाबु गुरुङ, मेखबहादुर खड्का, शंकरबहादुर कटवाल र सांसद हर्कबोल राईको नाम सिफारिस गरेको छ। अम्बिरबाबु गुरुङको नाम चयन हुने सक्ने अनुमान गरिएको छ।
निर्वाचन क्षेत्र नंं २ प्रत्यक्षतर्फ अनिता गिरी, टंकलाल गिरी, नानीबाबु बुढाथोकी, तीर्थ सुवेदी र नेत्रप्रसाद भट्टराईको नाम सिफारिस भएको छ । अनिता गिरीको नाम चयन हुने सक्ने अनुमान गरिन्छ। त्यसैगरी नेकपा माओवादीले यसअघि नै प्रदेश सभाको प्रत्यक्षतर्फ क्षेत्र नं. १ मा रामकुमार कार्की र क्षेत्र नं. २ मा मोहनकुमार खड्काको नाम सर्वसम्मत चयन गरिसकेको छ।
प्रकाशित: २२ आश्विन २०७४ ११:११ आइतबार