५ भाद्र २०८३ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाको सचिवालयमा १३ सदस्य थपिए, अझै १५ मनोनित गर्न बाँकी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालयमा थप १३ सदस्य मनोनयन गरेको छ।

शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकले शिशिर खनालदेखि मनिष झासम्मका १३ जनालाई सचिवालय सदस्य बनाउने निर्णय गरेको हो।

सचिवालय सदस्यमा पुरुषोत्तम यादव, शिशिर खनाल, गणेश पराजुली, कबिन्द्र बुर्लाकोटी, मनिष झा, विराजभक्त श्रेष्ठ, लीमा अधिकारी, दीपकराज बोहोरा, समीक्षा बास्कोटा, इन्दिरा राना, शिव नेपाली, जगदीश खरेल (ललितपुर) र मनोहर प्रधान थपिएका छन्।

यसअघि साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले पाँच जनालाई सचिवालय सदस्य बनाएको थियो। पछिल्लो निर्णयसँगै पार्टीको सचिवालय विस्तार भएको छ।

रास्वपाको विधानअनुसार सभापति रवि लामिछानेले बढीमा ३३ जनालाई सचिवालय सदस्य बनाउन सक्ने व्यवस्था छ।

प्रकाशित: ५ भाद्र २०८३ १५:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App