१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

अन्ततः नजाने भए विश्वप्रकाश र प्रदीप डा. शेखरको निम्तोमा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई ‘राजनीतिक धक्का’ दिन लागिपरेका काँग्रेस इतर पक्षका नेता डा. शेखर कोइरालाको निम्तोमा नमान्ने भएका छन्।

काँग्रेस इतर पक्षका नेता शेखरले नेताद्घय विश्वप्रकाश र प्रदीपलाई बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा आज साढे एक बजे हुने भनिएको बैठकमा निमन्त्रणा दिएका थिए।

महामन्त्री विश्वप्रकाश काठमाडौँमा रहँदारहँदै पनि बैठकमा नजाने भएका छन्। ‘उहाँ उपस्थिति हुने सम्भावना अत्यन्त न्यून छ’, महामन्त्री विश्वप्रकाश निकट स्रोतले भन्यो।  

अर्का नेता प्रदीप पौडेल स्रोतले सोमवार नै आफूलाई मङ्गलवार (आज) काठमाडौँ बाहिर रहने जानकारी दिएका थिए। मङ्गलवार देश बाहिर जान लागेकाले उनको उपस्थिति पनि नहुने लगभग पक्का भइसकेको स्रोतले बतायो।  

त्यसो त दुवै नेता निकट स्रोतले सोमवार नै नेताहरू काठमाडौँमा भए मात्र आउने नभए नआउने जानकारी दिएको थियो। साथै सहभागी हुने सम्भावना कम भएको जानकारी पनि दिएका थिए।  

नेता शेखरले देउवा पक्षका र तटस्थ देखिने प्रयास गरिरहेका नेताहरूलाई आफ्नो गुटमा ल्याउन भरमग्दुर प्रयास गरिरहेका छन्। यसकै सिलसिलामा दुवै नेतालाई आफ्नो बैठकमा डाँकेका थिए। काँग्रेसको केन्द्रीय समितिको बैठकले बिहीबारदेखि हुदैछ र त्यस बैठकमा कसरी प्रस्तुति हुने के के एजेन्डा उठाउने विषयमा छलफल हुने बताइएको छ।  

डा. शेखरले १४ औँ महाधिवेशन पछि दुवै नेतालाई डाकेर बैठक राख्न थालेको पहिलो पटक हो। बैठक डा. कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बोलाइएको हो। त्यसमा डा. कोइराला पक्षधरसहितका नेताहरूको उपस्थित हुने बताइएको छ।

पार्टीको १४ औँ महाधिवेशनमा विश्व प्रकाशमान सिंह समूहबाट चुनावमा प्रतिस्पर्धा गरेका थिए भने पौडेल सभापति शेरबहादुर देउवाको समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए।

आफ्नो समूहलाई बलियो बनाएर केन्द्रीय समितिमा प्रस्तुत हुने नेता शेखरको तयारी थियो। केही दिन अघि काँग्रेस नेता अर्जुननरसिंह केसीले पनि यी नै नेतालाई डाकेर बैठक गरेका थिए

प्रकाशित: २ आश्विन २०८० ०७:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App