३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

'रेजिशाको मृत्युमा अस्पतालको कमजोरी’

प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच वर्षीया बालिका रेजिशा गोपालीको निधनमा कान्ति बाल अस्पतालको कमजोरी भएको बताएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले छानबिन समितिले अस्पतालको व्यवस्थापकीय कमजोरीकै कारण बालिकाको मृत्यु भएको प्रतिवेदन दिएको जानकारी दिएका हुन्।

कान्ति बाल अस्पतालमा भदौ १८ मा पाँच वर्षीया बालिका रेजिशा गोपालीको निधन भएको थियो। निधनमा आकस्मिक कक्षमा लापरबाही गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ।‘घटना सार्वजनिक भएलगत्तै पाँच दिनको समय दिएर तीन सदस्यीय छानबिन समिति गठन भएको थियो’, प्रधानमन्त्रीले भने, ‘समितिले अस्पतालको आकस्मिक कक्षमा खटिएका व्यक्तिबाट जुन प्रकारको संवेदनशीलता देखाउनुपर्ने हो, त्यो देखाइएन।’ उनले यसमा कसैको दोष भएमा कारबाही हुने बताए। घटनाबाट पाठ सिक्दै सुधारको बाटो अपनाउनुपर्ने उनले बताए। घटना हुनुमा व्यवस्थापकीय कमजोरी नै जिम्मेवार रहेको निष्कर्ष समितिले निकालेको बताउँदै उनले आवश्यक सुधारका लागि तत्काल पहल हुने जानकारी दिए।

प्रकाशित: ३० भाद्र २०८० ०२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App