१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पूर्व–पश्चिम राजमार्ग ६ लेनको बनाउछौं : ओली

महोत्तरी— नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलिले नेपाली काँग्रेस थोत्रो र माओवादी केन्द्र चिप्लेटी खेल्ने पार्टी भएको बताएका छन्। महोत्तरीको बर्दिवासमा शुक्रबार नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा काँग्रेस र एमालेप्रति आक्रामक शैलिमा प्रस्तुत भएका ओलीले राष्ट्रिय हितको सवालमा एमाले दृढ रहने बताए।

नेकपा एमाले देश बनाउने उद्देश् यबोको पार्टी भएको भन्दै उनले बर्दिबास नगरपालिकासहित प्रदेश नं. २ का सवै स्थानीय निकायमा एमालेको बोलवाला भएको दाबी गरे। ‘राष्ट्रियताको सवालमा एमाले सच्चा राष्टबादी पार्टी हो। एमालेले बाहेक अरु कसैले पनि यो देश बनाउन सक्दैन। पूर्वपश्चिम राजमार्ग ६ लेनको वनाउने र मेचीदेखि महाकालीसम्म रेल कुदाउने बाचा पूरा गरेर देखाउँछ’, उनले भने।

मैले विद्युती रेलको कुरा गर्दा केही पार्टीले त्यसलाई ठटयौली ठानेका होलान तर एमाले जिते त्यो गरेर देखाइदिने उनको दाबी थियो। २० वर्षदेखि रोकिएको हुलाकी राजमार्ग वनाउने काम पनि एमालेले नै शुरु गरेको बताउँदै अध्यक्ष ओलिले हामी आफनै लगानीमा फास्टट्रयाक निर्माण र अन्तराष्ट्रिय एयरपोर्ट बनाउने एमालेको योजना भएको उनले बताए। 

एमालेले पहाड तराई विभाजन गर्न खोजेको झुठो प्रचार गर्नेहरुले एमाले मधेस विरोधी पार्टी भएकोले प्रदेश नं. २ मा बढारिने हल्ला फिँजाए केहि हुँदैन चुनावी परिणामले उनीहरु आफै बढारिनेछ। 

एमाले वरिष्ठ नेता माधव नेपाल जनकपुर जाँदा आठ दश जनाले कुचो देखाएका थिए तर चुनावी परिणामाले त्यहि कुचो एमालेको हातमा आउने र त्यहि कुचोले सवै बढारीने उल्लेख गरे। एमाले मत पत्र च्यातेर  भोट जित्ने पार्टी होइन भोटकै माध्यमले अगाडी देश सपार्ने थोत्रो र पुरानो काँग्रेसले गर्न नसक्ने र माओवादी चिप्लेटी खेल्ने पार्टी भएकोले उसको कुरै नगरे हुने बताए। 

प्रकाशित: ३० भाद्र २०७४ १४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App